दफा १२३
सवारीको अन्य भागमा मानिस राख्न नहुने
कुनै सवारी चालक वा सवारी धनी वा व्यवस्थापकले लामो एवं मध्यम बाटोमा चल्ने सवारीमा मानिस बस्न बनेको सीट बाहेक सवारीको अन्य भागमा र स्थानीय बाटोमा चल्ने सवारीमा मानिस बस्न बनेको सीट एवं भित्री भाग बाहेक अन्य भागमा मानिस राखी सवारी चलाउन वा चलाउन लगाउन हुँदैन ।